Showing posts with label मेरा मुक्तकहरु. Show all posts
Showing posts with label मेरा मुक्तकहरु. Show all posts

Some Muktak | मेरा केही मुक्तकहरू ।

मुक्तक नम्बर १

फिता बनाउन छोडीयो, बरू फिदा बनाईन्छ ।
यता जाम कि उता जाम, दुबिधा बनाईन्छ ।।
कुकुरको पुच्छर 12 बर्षमा नि, सोझिएन रे...
आजकल त एकै घण्टामा, सिधा बनाईन्छ ।।

.....महेश भुसाल


मुक्तक नम्बर २

मैले गर्ने प्रेमको कुनै रङ्ग छैन जस्तो
किन गर्छौ बेलाबेला ढङ्ग छैन जस्तो
I love U भन्दैमा नथर्काउन यार
माया गर्ने मेरो कुनै अङ्ग छैन जस्तो

......महेश भुसाल


मुक्तक नम्बर ३

अाखाँबाट मनमा फाेटाे, छपाउछु भन्छ ।
नयाँ ल्याउछु पुरानाे, धपाउछु भन्छ ।।
अाज भाेलिका यस्ता नाथे प्रेमलाई..
चुइगम चपाएझै, चपाउछु भन्छ ।।

.........महेश भुसाल


मुक्तक नम्बर ४

काेही अाएकाे छ, काेही टाप भागेकाे छ ।
कसैकाे प्रेममा सधै कार्तिक, लागेकाे छ ।।
हेर्नुस त माया प्रेमकाे माेल कहाँ पुगिसक्याे...
चड्कन खाएर पनि, फेरि धड्कन मागेकाे छ ।।

.......महेश भुसाल


मुक्तक नम्बर ५

कसैलाई पट्याउन उ यति, तेज भईदिन्छ ।
दिमाग खाने मान्छे पनि, भेज भईदिन्छ ।।
तर उसले प्रेमको, कर तिर्न बिर्सिन्छ...
त्यसैले त उसको प्रेम, नाजाएज भईदिन्छ ।।

......महेश भुसाल

मुक्तक..........

कति लेखुँ पिडाहरु, लेख्दा लेख्दै थाकिसकेँ ।
आफ्नै मुटु टुक्रीएको, देख्दा देख्दै थाकिसकेँ ॥
आउनेहरु भन्दा धेरै, जानेहरु भइदिदाँ...
हात जोडी उनको बाटो, छेक्दा छेक्दै थाकिसकेँ ॥

........महेश भुसाल





LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter